एनआईसीए लघुवित्तको आईपिओ भाग्यमानी ४६ हजार ५७९ जनालाई २० कित्ता

0
Shares

एनआईसी एशिया लघुवित्तले गत साता निष्कासन गरेको साधारण शेयर आज बाँडफाँड हुँदैछ ।

लघुवित्तको आईपिओ बिहान साढे ९ बजे बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा हुनेछ । जसको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रशारण समेत गरिने भएको छ। 

लघुवित्तले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर ४४ लाख ४३ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। जसमा कूल ४ लाख १४ हजार १८० लगानीकर्ताले आवेदन गरेकोमा १६ हजार ४३९ वटा आवेदन अयोग्य भएका छन् ।

असार १० देखि १४ गतेसम्म निष्काशन गरेको प्राथमिक शेयरमा ३ लाख ९७ हजार ७४१ वटा आवेदन सदर भएका छन्। । सदर आवेदकलाई ४४ लाख ४३ हजार २०० कित्ता शेयर १० कित्ताका दरले बाँडफाँड हुनेछ भने दश कित्ता बाँडेर बचेको शेयर गोलाप्रथाका आधारमा भाग्यमानी लगानीकर्तालाई थप १० कित्ताका दरले वितरण हुनेछ।

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार बाँडफाँड गर्दा ४६ हजार ५७९ जना आवेदकले २० कित्ता शेयर पाउनेछन् भने ३ लाख ५१ हजार १६२ जना आवेदकले भने १० कित्ता आईपीओ पाउनेछन्।

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ। क्यापिटलका अनुसार ३ लाख ९७ हजार ७४१ वटा आवेदन योग्य भएका छन्।

आईपीओ आवेदन परेको आवेदनमध्ये बैंक खातामा मौज्दात नभएका, दोहोरो आवेदन परेका आवेदनहरु रद्ध भएका हुन्। आवेदन रद्ध भएका लगानीकर्ता आईपीओ पाउनबाट बञ्चित बन्ने भएका छन्।