सुनको मूल्य थप घट्यो, चाँदीको स्थिर

0
Shares

असार २२ गते सोमबार सुनको मूल्य प्रतितोला थप ३०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। पछिल्लो दुई दिन बिहीबार र शुक्रबार लगातार घटेको सुनचाँदीको भाउ आइतबार भने स्थिर भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ७६० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँ तोकेको छ।

आइतबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६५ रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा नै सुनचाँदीको मूल्य असार १७ गते सबैभन्दा उच्च मूल्यमा कारोबार भएको थियो। सो दिन छापावाल सुन ९१ हजार ७०० रुपैयाँ, तेजावी सुन ९१ हजार २६५ रुपैयाँ पुगेको थियो भने चाँदी प्रतिातोला ९६० रुपैयाँमा कारोबार भएको थियो। त्यससता भने भाउ घट्न थालेको छ।

प्रकाशित मिति: २२ असार २०७७, सोमबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।