अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल ब्यवस्थापन विभागका एक इन्जिनियरले ३ करोड १० लाख रुपैयाँ बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै भष्ट्राचार मुद्धा दायर गरेको छ ।
आयोगले खानेपानी तथा ढल ब्यवस्थापन विभाग अन्तर्गत क्षेत्रीय आयोजना ब्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्ण प्रसाद उपाध्याय विरुद्ध ३ करोड १० लाख २७ हजार १५३ रुपैयाँ बिगो कायम गरी मुद्धा दायर गरेको जनाएको छ।
उपाध्यायले सार्वजनिक सेवामा रही ५ करोड १ लाख ४३ हजार ४५१ रुपैयाँ खर्च तथा लगानी गरेकोमा १ करोड ९१ लाख १६ हजार २९८ रुपैयाँ बराबरको मात्र स्रोत खुलेको पाइएको छ ।
३ करोड १० लाख २७ हजार १५३ रुपैयाँको स्रोत नखुलेपछि अख्तियारले भ्रष्टाचार निवारण ऐन बमोजिम मुद्धा दर्ता गरेको छ ।
साथै निजको श्रीमती दुर्गा खनाल रिमाल उपाध्यायलाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरेको जनाएको छ।










प्रतिक्रिया