बुधबार २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।
देशका विभिन्न २५ वटा प्रयोगशालामा गरिएको सो संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समयमा कोरोना संक्रमतिको निको हुने दरमा समेत सुधार आएको बताए ।
उनले बुधबार २५३ जना कोरोना निको भई घर फर्किएका छन्। हालसम्म ७ हजार ७५२ जना निको भएर घर फर्किएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ६६ हजार ४५७ वटा पीसीआर परीक्षण सम्पन्न भएका छन्। पछिल्लो २४ घण्टामा ४ हजार ५९६ वटा परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा ४ हजार ६९६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ४२३ पुगेको छ ।
प्रवक्ता डा. गौतमका अनुसार अहिलेसम्म दुई लाख ६६ हजार ४५७ जनाको नमूना परीक्षण भइसकेको छ । हाल क्वारेन्टिनमा २५ हजार ४० जना र आइसोलेशनमा आठ हजार ६३६ जना रहेका छन् ।
कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २५३ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या सात हजार ७५२ रहेको छ । जम्मा सङ्क्रमितमध्ये ४७ दशमलव दुई प्रतिशत निको भएको उनले बताए।
सार्क देशमध्ये कोरोना परीक्षण दर प्रति दश लाख जनसङ्ख्यामा नेपाल अफगानिस्तान, पाकिस्तान, भारत, श्रीलङ्का र बङ्गलादेशभन्दा अगाडि रहेको पनि उनले बताए।
उपत्यकामा थपिए २३ सङ्क्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६ र ललितपुरमा ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका छ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौँका १० र ललितपुरका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया