डिसहोमको फन्ड ट्रान्सफर मार्फत रिचार्ज गर्दा सातामा दुई लाख नगद जित्ने मौका

0
Shares

डिसहोमले सञ्चालन गरेकोे डिलर दाइको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखी यो अफरलाई निरन्तरता दिइने भएको छ।

गत फागुन २ गतेदेखि सुरु भएको डिलर दाइको डिस्काउन्ट अफर ४४ साताका लागि सञ्चालन हुने भनिएको भएपनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारी छ ।

डिसहोमको देशभर रहेको विक्रेता वा नजिकैको डिलरमार्फत वार्षिक रिचार्ज गर्दा साताको लक्की ड्रमा सहभागी हुन पाइनेछ।

हरेक साताको शुक्रबार साँझ ५ बजे डिसहोमको सोकेस च्यानल नम्बर १००, सोकेस च्यानल नम्बर १०१ र रमाइलो टिभीमा लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनोट हुनेछन्।

उक्त योजनाअनुसार २ जना भाग्यशाली विजेताले प्रतिव्यक्ति १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । फन्ड ट्रान्सफरबारे अधिक जानकारीका लागि देशभर रहेको डिसहोम बिक्रेता, नजिकैको डिलर वा डिसहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ।

ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइन मार्फत ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकलाई पनि यो साताको लक्की ड्र मा सहभागी गराइने भएको छ।