बहुपक्षीय पोषण कार्यक्रमका लागि तीन अर्ब अनुदान सहयोग

0
Shares

बहुपक्षीय पोषण कार्यक्रमको दोस्रो चरणका लागि युरोपेली सङ्घले २३.३५ मिलियन युरो (करिब तीन अर्ब १७ करोड ४५ लाख) बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ ।

अर्थमन्त्रालयमा आज आयोजित समारोहमा द्विपक्षीय सहयोग सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा अर्थसचिव शिशिरकुमार ढुङ्गाना र युरोपेली युनियनका निमित्त निर्देशक जियन लुइस भिल्लेले हस्ताक्षर गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

सन् २०१८ देखि शुरु भएको सो कार्यक्रम २०२२ सम्म सञ्चालन हुनेछ । अनुदान सहयोगमध्ये २० मिलियन युरो अर्थात दुई अर्ब ७१ बराबरको अनुदान बजेटरी सहयोगमा उपलब्ध हुनेछ भने बाँकी रकम भने युनिसेफको प्राविधिक सहयोगमार्फत खर्च हुने विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार  १९ : ४४ बजे