आज शनिबार भएपनि बैंक तथा वित्तीय संस्था खुल्ने

0
Shares

नेपाल राष्ट्र बैंकले आज शनिबार भएपनि बैंक तथा वित्तीय संस्था खुलाउन निर्देशन दिएको छ।

चालू आर्थिक वर्ष सकिन केही दिन बाँकी रहेकाले राजश्व जम्मा गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा अनिवार्य रुपमा खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

राजश्व सङ्कलन गर्ने शाखा तथा काउण्टर एवं बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रकाशित मिति: २७ असार २०७७, शनिबार  ०८ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।