देवः विकासलाई एक्वायर गरेको कुमारी बैंकले आजबाट एकिकृत कारोबार थाल्ने

0
Shares

देवः विकासलाई एक्वायर गरेको कुमारी बैंक (KBL) ले आजबाट एकिकृत कारोबार सुरु गर्दैछ । कुमारी बैकले देव:को १०० बराबर ८६ कित्ता शेयर स्वाप दिएर खरिद गरेको हो।

दुवै बैंकले एकिकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयबाट असार १४ गते अन्तिम स्वीकृति पाएका थिए ।

एकिकृत बैंकले कुमारी बैंकको नामबाट कारोबार गर्नेछ।

देवः विकासलाई एक्वायर गरेपश्चात कुमारी बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोड हुनेछ । बैंकको निक्षेप १ खर्ब २० अर्ब र कर्जा १ खर्ब ५ अर्ब हुनेछ । यसैगरी, बैंकको शाखा सञ्जाल २०९ पुग्नेछ ।

यसअघि कुमारी बैंकले जेठ १९ गते विशेष साधारण सभाबाट र देव: विकास बैंकले १३ औं वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए।

यसअघि काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रे विहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई गाभेको कुमारी बैंकले मर्जर हुँदै अगाडि बढेको देवः विकास बैंकलाई प्राप्ति गरेकोे हो।