इजी ट्याक्सी नेपाल एपले ११ हजार ट्याक्सी चालकको कोरोना बिमा गरिदिने

0
Shares

इजी ट्याक्सी नेपाल एपले ११ हजार ट्याक्सी चालकको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बिमा गरिदिने व्यवस्था ल्याएको छ।

देशभर निरन्तर बढिरहेको कोरोना महामारीको विषयलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकको कोरोना बिमा गर्ने व्यवस्था गरेको छ । यस योजनाअन्तर्गत ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा संचालन गरिएको हुनुपर्नेछ वा आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आबद्ध हुने प्रतिबद्धता गर्नुपर्नेछ ।

यस इजी ट्याक्सी नेपालको एपमार्फत यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्नेछन् भने ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउनेछन् ।

यस एपभित्र चालक तथा यात्रुलाई सुरक्षित गराउनका लागि म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको छ । जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछु भन्ने कुरा जानकारी प्राप्त हुन्छ । ट्याक्सी चालकले यात्रुलाई कुन स्थानबाट कहाँ पुुर्याउने हो सजिलै दर्ता गर्न सक्छ ।

यसबाट चालक तथा यात्रु दुबै सुरक्षित हुनुको साथै कुनै मालसामान छुटेको अवस्थामा पनि सजिलै आफू चढेको ट्याक्सीका बारेमा जानकारी प्राप्त गर्न सकिने र मालसामान फिर्ता पाउन सहज हुनेछ ।

व्यवस्था समेत गरेको छ । जसअन्तर्गत इजी ट्याक्सी नेपालले ट्याक्सी बिमामा न्यूनतम ७ सय रुपैयाँदेखि ८ हजार ७६५ रुपैयाँसम्मको छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

यसैबिच ट्याक्सीको बीमा अवधि सकिएका वा सकिन लागेका ट्याक्सी व्यवसायीहरुले ट्याक्सी बिमा नविकरण गराउन यस इजी ट्याक्सी नेपाल एपको कार्यालय तिनकुने सुबिधानगरमा सम्पर्क गर्न अनुरोध गर्दछौं ।

यस इजी ट्याक्सी नेपाल एपले बिगत लामो समयदेखि यस ट्याक्सी व्यवसायलाई व्यवस्थित, मर्यादित, भरपर्दो तथा सुरक्षित तरिकाले संचालन गर्नको लागि काम गरिराखेको छ ।

इजी ट्याक्सी नेपाल एप गूगलको प्ले स्टोर र एप्पल एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ ।