सुन चाँदीको भाउले छोयो कीर्तिमानी उचाइ

0
Shares

नेपाली बजारमा पहेँलो धातु सुनको मूल्यले र्कीतिमानी उचाइ चुमेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार असार ३१ गते बुधबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

महासंघका अनुसार बुधबार सुनको मूल्य एकैदिन प्रतितोला ६०० रुपैयाँले बढेर छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको हो। यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ६०० रुपैयाँले बढेर ९२ हजार ३६० रुपैयाँमा पुगेको छ।

यसतै बुधबार चाँदीको भाउमा पनि प्रतितोला १० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतिातोला १ हजार ५ रुपैयाँ तोकिएको छ।

कोरोना भाइरसका कारण लगानीका अन्य क्षेत्रहरुका लगानीकर्ता सुनमा आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ वृद्धि हुँदै आइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा असर नेपाली बजारमा पर्दा यहाँ पनि सुन महङ्गो भएको हो।

यसअघि असार २५ गते छापावाल सुन ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।