साढे ६ अर्ब कर छल्ने दुई दर्जन फर्म विरुद्ध मुद्दा दायर

0
Shares

राजस्व अनुसन्धान विभागले कर छल्ने दुई दर्जन कम्पनी विरुद्ध  कुल ६ अर्ब ६० करोड रुपैयाँको बिगो माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले भन्सार, मूल्यअभिवृद्धि कर र आयकर राजस्व चुहावट गरेको आरोपमा ती कम्पनीहरुविरुद्ध मुद्दा दायर गरेको हो।

विभागले झुट्ट तथा नक्कली भयाट विजक लेन देन गरी तथा भन्सार चोरी पैठारी निकासी गरी भ्याट र आयकर समेतको राजस्व चुहावट गरेको कसुरमा फर्महरुका संचालक, प्रोप्राईटर तथा मुख्य अभियुक्तहरुबाट ६ अर्व ६० करोड विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई असार ३१ गते बुधबार उच्च अदालत पाटनमा चार वटा मुद्दा दर्ता गरिएको ।

विभागले बैष्णो ट्रेड कन्सर्न समेतका ९ वटा विभिन्न फर्मका संचालकरप्रोप्राईटररमुख्य कारोबारी समेत ज्ञढ जनाले विरुद्ध पी दुइ अर्व सोह्र करोड पैसट्ठी लाख उनान्चास हजार ५ सय एकतिस राजस्व चुहावट गरेकोले विगो असुल गरी जरिवाना र कैद सजाय समेतको मागदावी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

त्यस्तै जयमाताजी ईन्टरप्राईजेज समेतका ४ वटा विभिन्न फर्मका संचालक तथा प्रोप्राईटरहरु समेत ३ जनाले ६१ करोड ५४ लाख २२ हजार तीन सय ९५ रुपैया राजस्व चुहावट गरेकाले विगो असुल गरी जरिवाना र कैद सजाय समेतको मागदावी लिई मुद्दा दर्ता गरिएको विभागले जनाएको छ।

यसैगरी हाईटेक ईन्टरनेशनल प्रा।लि।का संचालक समेत २ जनालाई राजस्व चुहावट गरेको अभियोगमा २ अर्व ४२ करोड ९८ लाख विगो कायम गरी उक्त विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।

त्यस्तै जेएसएस मोबाईल एण्ड सर्भिसेज , श्री श्याम इम्पेक्स, श्री श्याम वहादुर कन्सर्न र श्री श्याम बाबा इन्टरप्राइजेजका संचालकरप्रोप्राईटर तथा मुख्य कारोबारी समेत ४ जनालाई राजस्व चुहावट गरेको अभियोगमा १ अर्व ३९करोड ७ लाख विगो कायम गरी उक्त विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ।