नेपाल लाइफमा एक दशक नेतृत्व गरेका सीईओ विवेक झा बाहिरिए

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (NLIC) मा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झा साउन १ गतेबाट विदा लिदैं छन्।

उनले संचालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल सफलता पूर्वक पूरा गरी साउन १ गतेबाट नेपाल लाइफबाट विदा लिन लागेका हुन् ।

नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाको कार्यकाल सबै सूचकाङ्कमा उत्कृष्ट बन्दै जीवन बीमाको क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल भएको कम्पनीको भनाई छ।

सदैव आफ्ना सहकर्मी कर्मचारीहरुलाई आफ्नो मूल शक्ति मान्ने र अभिकर्ताहरुलाई प्रगतिको साझेदारको रुपमा सम्मान गर्ने झाले अभिकर्ताहरुको लगनशीलता, बीमितहरुको विश्वास, कर्मचारीहरुको साथ, शेयर धनीहरुको अटुट विश्वास, सञ्चालक समितिको मार्गनिर्देशन र नियमनकारी निकाय बीमा समितिको सहयोगले नै कम्पनीले यो उचाइ कायम गर्न सकेको बताए। उनले अभिकर्ता, बीमित, कर्मचारी, शेयर धनी, संचालक समिति तथा बीमा समितिलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरे ।

हालसम्म करिब २६ प्रतिशत नागरिकको पहुँच रहेको बीमा क्षेत्रले देशैभरीका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पु¥याउन नेपाल लाइफले अझै विश्वासिलो ढंगले उत्कृष्ट सेवा निरन्तर पस्किँदै जाने विश्वास उनको छ ।

जसका लागि आवश्यकता अनुसार आफ्नो तर्फबाट सदैव योगदान गर्न तत्पर रहेको सीइओ झाले बताए।सिइओ झाले आगामी दिनमा कम्पनीले नयाँ उचाइ लिने विश्वासका साथ सफलताको शुभकामना व्यक्त गरे । साथै, सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघईले सीइओ झाको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै धन्यवादका साथै कृतज्ञता व्यक्त गरे।