गणपति माइक्रोलाई ३ करोड ३५ लाखको आईपिओ निष्काशन गर्न बोर्डको अनुमति

0
Shares

 

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थालाई आईपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। बोर्डले चैत ७ गते ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गर्न अनुमति दिएको हो।

 

माइक्रोफाइनान्स चुक्ता पूँजीको ३२.३७ प्रतिशत बराबरको शेयर निष्काशन गर्ने भएको हो। बाँकी ६७’६३ प्रतिशत पूँजी भने संस्थापक शेयरधनीहरुको तर्फबाट पु¥याएको छ।

संस्थाले यस अघि नै एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिइसकेको छ।

माइक्रोफाइनान्सको अधिकृत पूँजी २० करोड, जारी पूँजी १० करोड रुपैयाँ छ। ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको आईपिओ निष्काशन पछि चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।