निजी क्षेत्रको सहयोगले मात्र लोडसेडिङ अन्त्य भएको होः अध्यक्ष कार्की


काठमाडौँ । निजी क्षेत्रको सहयोगले मात्र लोडसेड्रि अन्त्य भएको स्वतन्त्र विद्युत उत्पादक संघका अध्यक्ष गणेश कार्कीले दाबी गरेका छन् ।

उनले भने, सरकारी संयन्त्र मात्रले लोडसेडिङ अन्त्य गर्न सक्ने अवस्था थिएन । त्यो कुरा सम्भव गर्नको लागि निजी क्षेत्रको लगानी निरन्तर दबाब र दृढ इच्छाशक्तिले मात्र सम्भव भएको हो ।

सरकारले आगामी आर्थिक वर्षका बजेटमा उल्लेख गरेको टेक एण्ड पे को निर्णय फिर्ता गरिएको विषयमा धारणा सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले सो कुरा बताएका हुन् ।

साथै उनले हाल उत्पादन भएको विद्युतमा ८० प्रतिशत र निर्माणाधिन आयोजनामा ९० प्रतिशत निजी क्षेत्रको लागानी रहेको बताए ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा नदी प्रवाही आयोजनाको टेक एण्ड पे अवधारणा अनुरुप मात्र पीपीए गर्ने उल्लेख गरेको थियो । तर निजी क्षेत्रको विरोध र सत्ता पक्षकै सांसदले पनि विरोध गरेपछि सो कुरा हटाएर बजेट पारित गरेको छ ।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार  १७ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।