जाने होइन त आँप खान, शुक्रबार देखि म्याङ्गो फेस्ट २०२५ काठमाडौँमा


काठमाडौँ । शुक्रबार देखि काठमाडौँमा तिन दिने म्याङ्गो फेस्ट २०२५ आयोजना हुने भएको छ ।

नेपाली आँपहरुको पहिचान बढाउन, स्थानीय कृषिकहरुलाई उचित मूल्य प्रदान गर्न प्राकृतिक उत्पादनकोे बारेमा आम उपभोक्तालाई जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो ।

यसका साथै नेपाली आँपको स्वाद, विविधता र स्वदेशी विषादी रहित स्वच्छ र ताजा आँपको प्रवद्र्धन गर्नको लागि फेस्टिबलको आयोजना गरिएको आयोजक काठमाडौँ अर्गानिक्स जनाएको छ । आयोजनामा स्वदेशमै उत्पादन भएका विभिन्न १० प्रकारका आपँहरु प्रदशर्नीमा राखिने छन् ।

फेस्टिवलको वालनट बिस्ट्रो लाजिम्पाटमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्ने छन् ।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार  १७ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।