प्यान लागू भएको पहिलो दिन ५६ पटक भयो ५ लाख बढीको शेयर कारोबार


बैशाख २ गते ५६ पटक ५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । प्यान अनिवार्य गरिए पछिको पहिलो कारोबार दिनमा ५६ पटक शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार शेयर बजारमा कुल ५ हजार ४०५ पटक शेयर कारोबार भएको छ । कुल कारोबार संख्याका आधारमा हेर्दा ५ लाखभन्दा बढीको शेयर कारोबार संख्या ज्यादै न्युन छ ।

नेप्सेका अनुसार सोमबारसम्ममा प्यानमा आबद्ध हुने लगानीकर्ताको संख्या १४ हजार ५३ पुगेको छ । स्वेच्छिक रुपमा प्यानमा आबद्ध हुने लगानीकर्ता समेत गरी यो संख्यामा लगानीकर्ताको आबद्धता देखिएको नेप्सेले बताएको छ ।