गणपतिको आईपीओ १ कित्ताका दरले नपुग्ने, २ लाख ९७ हजार ६ सय जना रित्तो हात


गणपति माइक्रोफाइनान्सको साधारण शेयरमा पनि रसुवागढी र सान्जेन जलविद्युतका आवेदकहरुले आवेदन गरेका छन् । जसका कारण तीन लाख १३ हजार ७५ कित्ता शेयरका लागि ३ लाख २८ हजार ९६५ वटा आवेदन परेको छ ।
माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाका अनुसार लघुवित्तको शेयर १ कित्ताका दरले पनि बाँडफाँड गर्न नसकिने भएको हो ।

प्रारम्भिक तथ्यांक मात्र भएको बताएका उनले सबै आवेदकबाट ६७ करोड ४७ लाख ९३ हजार रुपैयाँ बराबरको आवेदन परेकोनोटबजारलाई जानकारी दिए ।

आवेदकको संख्या र निष्काशन भएको शेयर संख्याका आधारमा हेर्दा ३१ हजार ३०६ जनाले १० कित्ता शेयर पाउने छन् भने एक जनाले १५ कित्ता शेयर पाउने छन् । बाँकी २ लाख ९७ हजार ६५८ आवेदकले शेयर पाउने छैनन् ।