जानकी फाइनान्सले ११४ प्रतिशतले बढायो खुद नाफा


जानकी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ६८ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ११४ प्रतिशतले खुद नाफा बढाएको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले २ करोड ६५ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी ४९ करोड २१ लख रुपैंया रहेको फाइनान्सको जगेडा कोषमा २२ करोड ७५ लाख रुपैंया छ ।

प्रतिशेयर आम्दानी १५ रुपैंया ३९ पैसा रहेको फाइनान्सको प्रतिशेयर नेटवर्थ १४६ रुपैंया २३ पैसा छ ।