भर्खरै कारोबार खुलेको युनिभर्सल पावरले बोलायो साधारण सभा, एजेण्डा यस्ता


केही समय अघि सर्वसाधारणमा शेयर निष्काशन गरेको युनिभर्सल पायरले साधारण सभा बोलाएको छ । युनिभर्सलले आगामी जेठ २० गते कालिकास्थान काठमाण्डौंमा साधारण सभा बोलाएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ ।

कम्पनीले शेयरधनीलाई लभांस बितरण नगर्ने भएको छ । लाभांस प्रस्ताव बाहेकका नियमित प्रकृया पुरा गर्नु पर्ने कामहरुलाई साधारण सभामा लैजाँदैछ । साधारण सभाले लेखा परीक्षक नियुक्ति, ४ जना संस्थापक सञ्चालक तथा सर्वसाधारणका तर्फबाट १ जना महिला सहित ३ जना सञ्चालक चयन गर्नेछ ।