एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण


काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले शुक्रबार साँझ २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।

गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । जसमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी फेल भएका छन् ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार  २० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।