काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ९९ हजार १८३ जना विद्यार्थी मध्ये २ लाख ७१ हजार २९९ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ३८.१९ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी ८९ हजार १२४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेका छन् ।
ननग्रेड ल्याउनेको संख्या १ लाख ६७ हजार ५९७ अर्थात ३८.१९ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
त्यसगरी १.६० देखि २ जीपीए ८ जनाले ल्याएका छन् र २.० देखि २.४० जीपीए ल्याउनेको संख्या ४ हजार १२६ जना रहेका छन् ।
त्यस्तै, २.४० देखि २.८० जिपीए ल्याउनेको संख्या ४८ हजार ४७९ जना रहेक छन् । भने ३.२० देखि ३.६० जीपीए ल्याउनेको संख्या ८१ हजार ३८५ रहेका छन् ।
३.६० देखि ४ जीपीए ल्याउनेको संख्या ४८ हजार १७७ रहेको छ ।










प्रतिक्रिया