प्राइम लाइफको जगेडाकोषमा अर्ब बढी रकम, बीमा शुल्क आर्जनमा पनि उस्तै प्रगति

0
Shares

प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८७ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। यो गत वर्षको यहि अवधिको तुलनामा ४२ करोड बढी हो।

गत वर्ष चैत मसान्तसम्म कम्पनीले एक अर्ब ४५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयवाट ५५ करोड र बीमालेख धितोमा कर्जाबाट ४ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले बीमालेख धितोमा ७९ करोड कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीले १६ करोड ३६ लाख खुद नाफा गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ करोड बढी हो । गत वर्ष कम्पनीले १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी एक अर्ब ७८ करोड ४८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष एक अर्ब ११ करोड माथि पुगेको छ ।

हालसम्म कम्पनीले १४ अर्ब १३ करोड कूल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले १ हजार ६५१ दाबी बापत कूल ३४ करोड ८६ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ भने ४० दाबी बापत १ करोड४८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । कम्पनीले हालसम्म १६ लाख ७३ हजार भन्दा बढी बीमालेख जारी गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ २३ पैसा, प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ३३ पैसा र मूल्यआम्दानी अनुपात ३७.६२ गुणा बढी छ ।