सनराइज बैंकको नाफा ३० प्रतिशतले वढ्यो


सनराइज बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको नाफा गतआवको सोही अवधिको तुलनामा ३०.१४ प्रतिशतले धेरै हो । गत आवको चैतसम्ममा बैंकले ९४ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

हाल ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको सञ्चित कोषमा २ अर्ब ४३ करोड रुपैयाँ रहको छ । आवको चैतमसान्तको तुलनमा खराव कर्जा समेत घटाएको छ । बैंकको कस्ट अफ फण्ड वढेको भएपनि आधार ब्याजदर भने घटेको छ । चालु आवको चैतसम्ममा बैंकको खराव कर्जा १.४५ वाट घटेर १.३७ मा झरेको छ । सो अवधिमा बैंकको कोषको लागत ७.४० वाट वढेर ७.५२ पुगेको छ । तर, गत आवको चैतको तुलनामा बैंकको आधार ब्याजदर भनेर घटेर ११.३४ वाट घटेर १०.३४ प्रतिशतमा झरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको वितरण योग्य नाफा ९१ करोड ३४ लाख रुपैयाँ रहेको छ । चैतसम्ममा बैंकले ७ प्रतिशतले निक्षेप वढाएको छ भने १६ प्रतिशत भन्दा धेरैले कर्जा विस्तार गरेको छ । बैंकले ७२ अर्ब निक्षेप संकलन गरेर ६८ अर्ब कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७९.७३ प्रतिशत छ । सो कर्जा निक्षेप अनुपातले आगामी त्रैमासमा बैंकले कर्जा प्रबाह गर्नका लागि थप निक्षेप वढाउन जारुरी छ ।

यस अवधिमा बैंकले आफ्नो संचालन नाफा १८ प्रतिशत तथा खुद ब्याज आम्दानी ३७ प्रतिशतले बढाएको छ । बैंकले यस अवधिमा २ अर्ब ६४ करोड खुद ब्याज आम्दानी गरेको छ ।चैतसम्ममा बैंकको प्रतिशेयर आम्दानी २०.५ रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४४.५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.७२ गुणा मात्र बढी रहेको छ ।