स्पर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा सेयर बिक्री गरेपछि दोस्रो बजारमा कारोबारका लागि आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुचिकरण गरेको छ । संस्थाले ८ लाख २९ हजार ६ सय ३० कित्ता सेयर कारोबारका लागि सुचिकरण गरेको हो ।
स्पर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि गत फागुन २६ गते देखि २९ गते सम्म संस्थाले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको दुई लाख ५२ हजार कित्ता साधारण शेयर सर्बसाधारणकोलागि निष्काशन गरेको थियो । संस्थाको सेयर सुचिकरण भएपछि आगामी केही दिनमा कारोबार हुनेछ ।
प्रतिक्रिया