नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आइतबार २ बजेसम्ममा १2 अंक भन्दा धेरैले घटेको छ ।
नेप्सेमा कारोबार भएका अधिकासं कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सुचकम ओरालो लागेको हो ।
पछिल्लो केही सातामा निरन्तर वढेको नेप्से परिसुचक १३ सय भन्दा माथि पुगेको थियो । तर, बजारमा सट्टेबाज सक्रिय भएपछि वढेको बजार गत साताका पछिल्ला दिन देखि घट्न थालेको हो ।
सेयर बजार परिसूचक १३ सय भन्दा माथि जाँदा डेढ अर्वसम्म पुगेको नेप्सेको कारोबार रकम आइतबार यो समाचार तयार पार्दासम्म ३९ करोड रुपैयाँको मात्र भएको छ । सक्रिय सट्टेबाजले नाफा सुरक्षीत गर्दा सेयर बजार घटेको हो । उच्च अंकले छोटो समयमा वढेको बजार सोहि गतीमा घटेन थालेको हो ।
बजारमा सुधार आएको समयमा सट्टेवाहरुले एक समुहमा हल्ला चलाउने सेयर खरिद गर्ने तथा बिक्री गरेर अर्को समुहका कम्पनीको सेयर खरिल गर्न थाल्ने गरेर लगानीकर्तालाइ बजार सुधारको गतीमा गएको भ्रम प्रैदा गर्न सफल भएका थिए । तर, त्यो प्रयास लामो समयसम्म भने टिक्न सकेन ।
यो साताको पहिलो दिन आइतबार कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से हालसम्म कायम छ । आइतबार कारोबार भएका अधिकासं समुहगत सुचक पनि घटेका छन ।
प्रतिक्रिया