कर्णाली डेभलपमेण्टको बैंकको खुद नाफा ६६ लाख


कर्णाली डेभलपमेण्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६६ लाख ५९ हजार खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४५७.२४ प्रतिशतले धेरै हो । गत वर्ष सो अवधिमा बैंकले ११ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा बढेपछि खुद नाफामा उच्च सुधार देखिएको हो । यस अवधिमा बैंकको सञ्चालन नाफामा ४५७.१९ प्रतिशतले वढेको हो । हाल चुक्ता पूँजी २३३ प्रतिशतले बढाएर ५० करोड २८ लाख पुर्याएको बैंकको जगेडा कोषमा ५ करोड १६ लाख रुपैयाँ छ ।

२ अर्ब ९८ करोड निक्षेप संकलन गरेको बैंकले ७० प्रतिशतले कर्जा विस्तार गरेको छ । यस अवधिमा बैंकले एक अर्ब ९४ करोड रुपैयाँ बराबरको कर्जा प्रबाह गरेको छ । चैत मसान्तसम्म बैंकले २२ करोड ४१ लाख ब्याज आम्दानी र १७ करोड ८४ लाख ब्याज खर्च गरेर ४ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
यस अवधिमा बैंकको निष्क्रिय कर्जा अुनपात ३.२९ बाट १.५७ प्रतिशतमा झारेको छ । प्रतिशेयर आम्दानी १ रुपैयाँ ७७ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ २७ पैसा र मूल्य आम्दानी अनुपात ७७.७८ गुणा बढी छ ।