काठमाडौँ । यामाहा नेपालले राजधानीको गोंगबुमा नयाँ ३एस (सेल्स, सर्भिस, स्पेयर पार्ट्स) सुविधा सम्पन्न शोरुम ‘मोटो क्राफ्ट्स प्रालि’ को औपचारिक उद्घाटन गरेको छ। शोरुमको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका समूह निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्ल्यू राइड्सका सीईओ दीपक कुमार अग्रवाल तथा टोखा वडा नं ९ का वडा अध्यक्ष रामभक्त घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
गोंगबुस्थित नयाँ शोरुमले यामाहाको अन्तर्राष्ट्रिय स्तरको सेवा अब एकै छानामुनि उपलब्ध गराउने छ। ग्राहकले शोरुममा विस्तृत सेल्स कन्सल्टेसन, प्राविधिक रूपमा दक्ष टिमबाट सर्भिस, र सक्कली स्पेयर पार्ट्सको भरपर्दो आपूर्ति सेवा प्राप्त गर्न सक्नेछन्।
कार्यक्रममा बोल्दै समूह निर्देशक गोपाल कुमार अग्रवालले यामाहालाई पर्फर्मेन्स, प्रविधि र इनोभेसनमा अगाडि रहेको ब्रान्डका रूपमा चिनाउँदै भने, ‘गोंगबुमा मोटो क्राफ्ट्स सुरु गरेर हामीले ग्राहक सन्तुष्टि र सेवा उत्कृष्टतामा हाम्रो प्रतिबद्धता अझ विस्तार गरेका छौं।’
त्यस्तै, एमएडब्ल्यू राइड्सका सीईओ दीपक कुमार अग्रवालले नयाँ शोरुम उद्घाटनलाई यामाहाको बजार उपस्थिति विस्तारको निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै ग्राहक सेवा, पूर्वाधार र प्रविधिमा उच्च मापदण्ड कायम राख्ने बताए।
मोटो क्राफ्ट्स प्रालिका कार्यकारी निर्देशक सुरोज न्हेम्हाफुकीले शोरुममार्फत ग्राहकलाई सवारी साधनको बिक्री मात्र नभई गुणस्तरीय आफ्टर–सेल्स सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए। “हाम्रो उद्देश्य हरेक ग्राहकसँग दीर्घकालीन विश्वास निर्माण गर्नु हो,” उनले भने।
यस नयाँ शोरुमसँगै यामाहा नेपालले आफ्नो डिलर नेटवर्कलाई अझ मजबुत बनाएको छ। अब गोंगबु तथा आसपासका क्षेत्रका ग्राहकले सजिलै यामाहाका मोटरसाइकल, स्कुटर, सेवा तथा पार्टपुर्जा सुविधाहरू उपयोग गर्न सक्नेछन्। यामाहा नेपाल, एमएडब्ल्यू राइड्सको व्यवस्थापनमा, भरपर्दो प्रविधि, नवप्रवर्तन र सन्तुष्टिपूर्ण सेवा अनुभवमार्फत नेपाली दुईपाङ्ग्रे बजारको नेतृत्व गरिरहेको छ।












प्रतिक्रिया