वेष्टर्न डेभलपमेन्ट बैंकको नाफा ७ करोड ३६ लाख


वेष्टर्न डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा एक करोड १७ लाख रुपैयाँ अर्थात १९ प्रतिशतले बढी हो ।

गत वर्षको यसै अवधिमा बैंकले ६ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । हाल चुक्ता पूँजी ५० करोड ४० लाख रुपैयाँ बैंकको जगेडा कोषमा ५ करोड १७ लाख रुपैयाँ सञ्चित छ ।

देव विकास बैंकसंग मर्जरको प्रक्रियामा रहेको बैंकले चैत मसान्तसम्ममा तीन अर्ब ३७ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ अर्ब ९४ करोड ८५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

सो अवधिमा बैंकले १३ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी १५ प्रतिशतले बढाएको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ११ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको थियो ।
बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ८७ पैसा छ । मूल्य आम्दानी आम्दानी अनुपात १५.८१ गुणा बढी छ । बैंकको निष्कृय कर्जा अनुपात ०.७५ प्रतिशत छ ।