हिमालयन बैंकको शाखा स्थानान्तरण


काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी ५, जोर्ने लम्जुङ्गबाट जेष्ठ २६ गते देखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैँकीङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।

उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष श्री धन बहादुर गुरुङ्गले बैंकका कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका छन् ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम , ८,००० भन्दा बढी पीओएस टर्मीनल्स र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: २७ जेठ २०८२, मंगलबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।