अठ्ठाईस वाणिज्य बैंकको नौ महिनाको नाफा झण्डै ४६ अर्ब, नाफा बढाउने गज्जबको फर्मूला

0
Shares

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अर्थात ९ महिनाको अवधिमा २८ वाणिज्य बैंकहरुले झण्डै ४६ अर्ब नाफा कमाएका छन् । लगानी योग्य रकमको अभाव खेप्दै आएका बैंकहरुले नाफा बढाउन गज्जबको फर्मूला लगाएका छन् ।

२८ वाणिज्य बैंकहरुले चैत मसान्तसम्म कुल ४५ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा करिब २० प्रतिशत अर्थात ७ अर्ब ६० करोडले धेरै हो । गत आर्थिक वर्षको ९ महिनामा बैंकहरुले ३८ अर्ब ६ करोड १६ लाख रुपैयाँ नाफा गरेका थिए ।

वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभाव भन्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमासको बैंकहरुले कर्जा प्रबाहमा नियान्त्रण गरेको भएपनि नाफा भने २० प्रतिशतले वढाएका छन् । यस अवधीमा बैंकहरुले भद्र सहमती गरेर निक्षेपको ब्याजदर निश्चित गरेपनि कर्जाको ब्याज नघटाइ स्प्रेडमा खेलेर नाफा वढाएका हुन ।

बैकहरुको नाफा २० प्रतिशतले वढ्नु समग्र वित्तीय क्षेका लागि सकारात्मक रहेका एक बैंकका प्रमूख कार्यकारी अधिकृतले नोटबजारलाई बताए । यो अवधिमा नाफा बढ्नुमा स्प्रेडमा बैंकहरुको अपनाएको चलाखी समेत रहेको खुलासा गर्दै बैंकहरुको जोखिम व्यवस्थापन खर्च बढेकोले नाफामा कमी आएको दाबी समेत गरे ।

बैंकहरुले भद्र सहमती भन्दै निक्षेप ब्याज घटाउने तथा कर्जाको ब्याज यथावत गर्दा उनीहरुको ब्याज आम्दानी समेत उल्लेखीय बढेको छ । चैत मसान्तसम्ममा बैंकहरुको खुद ब्याज आम्दानी ३७ प्रतिशतले वढेको छ । चैतसम्ममा बैंकहरुले ९३ अर्ब ५० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन । गत आवको सोही अवधीमा बैंकहरुले ६७ अर्ब ७७ करोड मात्र खुद ब्याज आम्दानी गरेका थिए ।

यी दुई बैंकको नाफा ३ अर्ब माथि 

चालु आवको तेस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा राष्ट्रिय बाणिज्य बैंकको छ । बैंकले यो अवधिमा ३ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ । नीजि स्तरबाट सबैभन्दा बढी नबिल बैंकले ३ अर्ब १९ करोड खुद नाफा गरेको छ । ९ महिनाको अवधिमा ३ अर्ब माथि नाफ कमाउनेमा यी दुई बैंक मात्र दरिएका छन् ।

आठ वाणिज्य बैंकको नाफा दुई अर्ब माथि

चालु आवको चैत सान्तसम्ममा ३ अर्ब भन्दा कम २ अर्ब भन्दा बढी नाफा गर्ने बैंकको संख्या भने ६ पुगेको छ । गत आवको सोही अवधिमा यस्ता बैंक २ वटा मात्र थिए । । एभरेष्ट बैंक, एनआइसी एसिया, हिमालयन बैंक, नेपाल बैंक, कृषि विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब भन्दा धेरै नाफा गरेका छन् ।

एक अर्ब भन्दा बढी र दुई अर्ब भन्दा कम नाफा गर्ने बैंकहरुको संख्या १७ रहेको छ । चैतसम्ममा सेन्चुरी र सिभिल बैंकको नाफा मात्र अर्ब भन्दा कम छ । सबैभन्दा कम नाफा कमाउने सिभिले यस अवधिमा ४९ करोड ३८ लाख कमाएको छ ।

उच्च ब्याजदरको आलेचना झेलेका बैकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आधार ब्याजदर पनि घटाएका छन । तर, पनि कर्जाको ब्याजदर भने घटेको छैन । बैंकहरुले निक्षेपको व्याजदरमा भद्र सहमती गरेर कर्जाको ब्याजदर नघटाएपछि नाफा वढेको हो ।