सनराइज बैंकले बैंक अफ चाइनालाई बनायो रणनीतिक साझेदार, अन्तर्राष्ट्रिय व्यापारको लागि अन्तर सम्बन्ध कायम गर्ने

0
Shares

सनराइज बैंक र बैक अफ चाइना, गान्सु शाखाबीच रणनीतिक साझेदारी सम्झौता भएको छ ।

सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा बैंक अफ चाइना गान्सु शाखाका नायब महाप्रवन्धक वाङ्ग झेजुनले हस्ताक्षर गरेका छन् ।

नेपाल तथा चीनका प्रतिष्ठित यी दुई बैंकहरुले आपसी सहयोग, समानता तथा दुईपक्षीय हितका कार्यहरु अघि बढाउन सहमति गरेको बताएका छन ।

सम्झौता बमोजिम विद्यमान नियम र कानूनको परिधिभित्र रही सिद्धान्त र आवश्यकताको आधारमा अन्तर्राष्ट्रिय व्यापारको लागि बैंकहरु बीच आवश्यक पर्ने अन्तर सम्बन्ध कायम गर्ने जनाइएको छ । साथै, दुई बैंकबीच आपसी कारोबारको निमित्त नियमित सम्पर्कमा रहन एक छुट्टै संयुक्त कार्यटोली बनाउने पनि सहमति भएको छ ।

सनराइज बैंकको यस अघि नै बैंक अफ चाइना सांघाई शाखामा रहेको खातामार्फत अन्तर्राष्ट्रिय व्यापार कारोबारको हिसाब राफसाफ गर्ने तथा आयात निर्यात ब्यापारमा संलग्न ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गरी ग्राहक सिफारिस गर्ने सम्झौता समेत भएको छ ।

काठमाडौंमा भएको सम्झौता कार्यक्रमकम गान्सु प्रान्तका गभर्नर टाङ्ग रेनजियान, कृृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल, प्रदेश नं। ३ मुख्य मन्त्री डोरमणि पौडेल तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थिति रहेको थियो ।