एनआइसी एशियाले ४.४० अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याजदर १०.२५ %

0
Shares

एनआईसी एशिया बैंकले चौथो पटक ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले चार अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंकले एक हजार अंकित दरका ४४ लाख कित्ता ऋणपत्र निष्काशनको तयारी गरेको हो । “एनआई सी एशिया ऋणपत्र २०८३/८४” नामक सात वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर उपलब्ध गराउने र अर्धवार्षिक रुपमा भुक्तानी गर्ने बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा एनआइसी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

 

चार अर्ब ४० करोड बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब ७६ करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ ।

हाल यो बैंकको देशभर २८३ शाखा, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाईको वृहत सञ्जाल रहेको छ भने करिब १६ लाख ग्राहक रहेका छन् ।

 

बैंकले यो समेत गरी चौथो पटक ऋणपत्र जारी गर्न लागेको हो । यस अघि बैंकले माघ १३ गतेदेखि एक हजार रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाको बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्रि गरेको थियो ।

 

प्रस्तावित ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकले लिएकोे छ ।