प्रभु बैंकको रामनगर एक्स्टेन्सन काउण्टर सञ्चालनमा

0
Shares

प्रभु बैंकको रुपन्देही जिल्ला वुटवल उपमहानगरपालिका वडा नं. १०, रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएको छ । बैंकले जेठ ३ गतेदेखि एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो।

बुटवल रामनगरस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले बैंकको रामनगर एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन्। प्रमुख अतिथिले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी दिँदै सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमती गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको बताए।

बैंकको रामनगर एक्स्टेन्सन काउण्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनेछ तथा श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ भन्ने बैंकले विश्वास लिएको छ।