तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा आज, यस्ता छन एजेण्डा

0
Shares

तारागाउँ रिजेन्सी होटल्सको आज जेठ २४ गते शुक्रबार २२ औं वार्षिक साधारण सभा हुँदैछ । होटल्सले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे साधारण सभाा बोलाएको छ।

साधारण सभाले गत वर्षको मुनाफाबाट शेयरधनीलाई १२।६३ प्रतिशत बराबरको २२ करोड ८३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

होटल्सले साधारण सभा प्रयोजनका लागि जेठ ३ गते शुक्रबार देखि शेयरधनी दर्ता किताब बन्द गरेको थियो। ।

यसअनुसार जेठ २ गते बिहीबारसम्म कायम रहेका शेयरधनीले मात्रै सधारण सभामा सहभागिता जनाउन पाउनुका साथै होटल्सलो वितरण गर्ने लाभांश पाउनेछन्।