साँग्रिला डेभलपमेन्ट बैंकको सवाँ लाख संस्थापक शेयर बिक्रीमा


काठमाडौँ । साँग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर धनीहरुको नाममा रहेको १ लाख १५ हजार ५१८ कित्ता शेयर बिक्रीमा राखेको हो ।

हाल सेयर बैंकका संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको अवधिमा उक्त सेयर खरिद बिक्री नभएमा सर्वसाधरणका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार  १० : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।