शेयर दलाल भन्छन्, ‘मार्जिन कारोबार सुरु भए पछि दोस्रो बजार भाइब्रेन्ट हुन्छ’


मार्जिन कारोबार सेवा सुरु भए पछि शेयर बजारमा कम्तीमा १ अर्ब भित्रिने भन्दै शेयर दलालहरुले खुसी व्यक्त गरेका छन् । नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा मार्जिन कारोबार सेवाको अनुमति पत्र बुझ्दै स्टक ब्रोकर एसोशिएशनका अध्यक्ष भरत रानाभाटले यस्तो बताएका हुन् ।

रानाभाटले मार्जिन कारोबार सेवा पाउने ८ शेयर दलालको नेटवर्थबाट ५ करोडका दरले ४० करोड हुनेमा त्यसको देब्बर आकारसम्म सेवा प्रवाह गर्दा ८० करोड रुपैंया बजारमा आउने बताए । नेटवर्थ ५ करोडभन्दा बढी भएका कम्पनीबाट अझै धेरै रकम बजारमा परिचालन हुने भएकाले यो आँकडा अर्ब नजिक हुने उनको भनाई थियो ।

दोस्रो बजारमा ब्रोकरमार्फत मार्जिन कारोबार सेवा सुरु भए पछि बजार भाइब्रेन्ट हुने उनको तर्क छ ।

आठ शेयर दलाल कम्पनीलाई मार्जिन सेवा सञ्चालनका लागि नेप्सेको अनुमति