ज्योति लाइफको ज्योति केयर्स योजना


ज्योति लाइफ इन्स्योरेन्सले “ज्योति केयर्स” योजना सुरु गरेको छ । जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवा सुविधा विस्तार गरी ग्राहक सेवा केन्द्रित योजना संचालन गर्दै आएको ज्योति लाईफ इन्स्योरेन्सले शुक्रबार “ज्योति केयर्स” को औपचारिक सुरुवात गरेको हो ।

कम्पनीको अध्यक्ष नन्दकिशोर शर्माले ज्योति केयर्सको अवधारणा, कार्ड वितरण हुने मापदण्ड तथा कार्ड वाहकले पाउने सेवा सुविधाका बारेमा जानकारी समेत दिएका थिए । उनले इन्स्योरेन्सले आफ्नो व्यवसाय शुभारम्भ देखि नै घातक रोग उपचार सुविधा लगायत नयाँ नयाँ विशेषता भएका बीमा योजना जारी गरेको गर्दै बताए ।

ग्राहक सेवाको लागि थप कार्यहरु गर्ने क्रममा ज्योति केयर्सको माध्यमबाट बीमितहरुलाइ अतिरिक्त सुविधा प्रदान गर्ने कार्यको शुरुवात भैसकेको बताउँदै उनले आगामी दिनमा नयाँ नयाँ योजना मार्फत बीमितहरुलाई अझै धेरै सेवा सुविधा उपलब्ध हुने जानकारी दिए ।

अध्यक्ष शर्माले तोके अनुरुप मापदण्ड अनुसार ५ लाख वा सोभन्दा बढीको बीमाङ्कमा सावाधिक जीवन बीमा गर्ने सबै बीमित तथा प्रस्तावकहरु, कम्पनीका स्थायी कर्मचारी तथा अभिकर्ताहरु कार्ड प्राप्त गर्नसक्ने जानकारी दिए। यस्तो कार्डबाट बाहकले कम्पनीका साझेदार संस्थाहरु अस्पताल, होटल, एयरलायन्स, रिसोर्ट, सिनेमा हलहरुको सेवामा प्राथमिकता पाउनुका साथै ५ देखि ३० प्रतिशतसम्म नगद छुट प्राप्त गर्नेछन् ।

त्यस्तै कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले यस कम्पनीले संचालनमा आएको २ वर्ष भन्दा कम अवधिमा कम्पनी प्रति जनमानसबाट प्राप्त विश्वास तथा सहयोगको कारणले बीमा क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल भएकोले ग्राहक सेवालाइ प्राथमिकतामा राखेको उदाहरण स्वरुप ज्योति केयर्स एउटा शुरुवात भएको बताए ।