नयाँ आर्थिक वर्ष सुरु भएपछि तपाईले बजेटको व्यवस्था बमोजिमको कति तिर्नुपर्छ आयकर ?

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले गत जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरेको आर्थिक विद्ययेक अनुसार हरेक नेपालीले आफ्नाे आम्दानीकाे ताेकिएकाे हिस्सा सरकारलाई आयकर वापत बुझाउनुपर्ने हुन्छ। बजेट मार्फत सरकारले व्यक्ति र दम्पत्ति आयकरको सीमा बढाएको छ भने करको दर भने अघिल्लाे वर्ष कै यथावत राखेको छ।

बजेट मार्फत आयकरको सीमा आयकर ऐन २०५८ को अनुसूची १ को दफा १ बमोजिम एकल प्राकृतिक व्यक्तिले वार्षिक ४ लाखसम्म रोजगारीको आय भएमा र दम्पत्तिलाई ४ लाख ५० हजार रुपैयाँसम्मको रोजगारीको आय भएमा १ प्रतिशतमात्र आय कर लाग्ने व्यवस्था गरेको छ । यसअघि व्यक्तिगत आयकरमा ३ लाख ५० हजार रुपैयाँसम्म र दम्पत्तिलाई ४ लाख रुपैयाँसम्मको आम्दानीमा एक प्रतिशत मात्र लाग्ने व्यवस्था थियो।

संघीय संसदमा प्रस्तुत विद्ययेकमा व्याक्तिगत आयकरमा यसअघि कै १०, २० र ३० प्रतिशत यथावत रहेको छ । २० लाखभन्दा बढी आम्दानी गर्नेको हकमा भने ३६ प्रतिशतका दरले कर तिर्नुपर्छ।

  • एकल व्यक्तिको हकमा बुझाउनुपर्ने आयकरको गणना

एकल प्राकृतिक व्यक्तिको हकमा ४ लाख रुपैयाँसम्म एक प्रतिशत कर लाग्नेछ ।  ४ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म आय गर्नेले ४ लाख रुपैयाँसम्म ४ हजार र सोभन्दा बढी आयमा थप दश प्रतिशत कर तिर्नुपर्छ ।यसैगरि ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्नेले वार्षिक १४ हजार रुपैयाँ र ५ लाख रुपैयाँभन्दा बढीको आम्दानीमा २० प्रतिशत कर लाग्नेछ।

यस्तै ७ लाख रुपैयाँदेखि २० लाखसम्म आम्दानी गर्नेले ७ लाख रुपैयाँसम्म वार्षिक ५४ हजार रुपैयाँ र ७ लाख ५० हजार रुपैयाँभन्दा बढीको आम्दानीमा ३० प्रतिशत कर लाग्नेछ।

२० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेको हकमा २० लाख रुपैयाँसम्म वार्षिक ४ लाख ४४ हजार र २० लाख रुपैयाँभन्दा बढी आम्दानीको हकमा २० लाखसम्म लाग्ने करको दरमा थज २० प्रतिशत अतिरिक्त कर लाग्दा ३६ प्रतिशतका दरले कर तिर्नुपर्छ ।

  • दम्पत्तिको हकमा बुझाउनुपर्ने आयकरको गणना

यसैगरि बजटेमा गरिएको व्यवस्था बमोजिम दम्पत्तिको हकमा ४ लाख ५० हजार रुपैयाँसम्म एक प्रतिशतका दरले कर तिनुपर्छ ।
४ लाख ५० हजार रुपैयाँदेखि ५ लाख ५० हजार रुपैयाँसम्म आय गर्नेले ४ लाख ५० हजार रुपैयाँसम्म ४ हजार ५०० रुपैयाँ र सोभन्दा बढी आयमा थप दश प्रतिशत कर तिर्नुपर्छ।

यसैगरि ५ लाख ५० हजार रुपैयाँदेखि ७ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्नेले वार्षिक १४ हजार ५०० रुपैयाँ र ५ लाख ५० हजार रुपैयाँभन्दा बढीको आम्दानीमा २० प्रतिशत कर लाग्नेछ।

यस्तै ७ लाख ५० हजार रुपैयाँदेखि २० लाखसम्म आम्दानी गर्नेले ७ लाख ५० हजार रुपैयाँसम्म वार्षिक ५४ हजार ५०० रुपैयाँ र ७ लाख ५० हजार रुपैयाँभन्दा बढीको आम्दानीमा ३० प्रतिशत कर लाग्नेछ।

२० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेको हकमा २० लाख रुपैयाँसम्म वार्षिक ४ लाख २९ हजार ५०० रुपैयाँ र २० लाख रुपैयाँभन्दा बढी आम्दानीको हकमा थप २० प्रतिशत कर तिर्नुपर्छ।

तर निवृत्त भरण बापतको आय र योगदानमा आधारित निवृत्तभरण कोषमा योगदान गर्ने पाकृतिक व्यक्तिको आायमा भने आयकर ऐन २०५८ को अनुसूची १ को दफा १ बमोजिमको कर लाग्ने छैन।