सिद्धार्थ क्यापिटलको एक अर्ब ४० करोडको म्युचुअल फण्डका इकाई बिक्रीमा

0
Shares

सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले एक अर्ब ४० करोड रुपैयाँको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ संचालनमा ल्याउने भएको छ । क्यापिटलले सो फण्डको १४ करोड ईकाई साउन २३ गतेदेखि बिक्री खुला गर्ने भएको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ मा सर्बसाधारणले प्रति ईकाई १० रुपैयाँका दरले १०० देखि एक करोड ४० लाख ईकाईसम्म खरिद आबेदन दिनसक्ने छन् ।

दश वर्षे अवधिको यो योजानमा लगानी गर्दा बार्षिक रुपमा प्रतिफल पाईने र ईकाई बिक्रीमा करकट्टी गर्नु नपर्ने कानुनी ब्यवस्था रहेको क्यापिटलले जनाएको छ ।

यो सिद्धार्थ क्यापिटलको चौथौ म्युचुअल फण्ड हो । हाल सिद्धार्थ क्यापिटल मार्फत सञ्चालीत सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम परिपक्क भइ खारेज भइसकेको छ भने सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम र सिद्धार्थ इक्विटी फन्ड सञ्चालनमा रहेका छन् ।

हाल शेयर बजारमा लगानी गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएका १५ वटा सामुहिक लगानी कोषहरु सञ्चालनमा रहेका छन ।