‘एनएमबी फिप्टी’ ले ५० कम्पनीका शेयरमा लगानी गर्ने, साउन १३ देखि सार्वजनिक निष्काशन

0
Shares

एनएमबी क्यापिटलले एनएमबी म्युचुअल फण्ड अन्तर्गत ‘एनएमबी फिप्टी’ को १२ करोड ईकाई साउन १३ गतेदेखि बिक्रीमा ल्याउने भएको छ ।

बजारमा रहेका ५० वटा उत्कृष्ट कम्पनीका शेयरमा लगानी गरी राम्रो लाभांश वितरण गर्ने उद्देश्य सहित एनएमबी क्यापिटलले आफ्नो तेस्रो म्युचुल फन्डको रुपमा ‘एनएमबी–५०’ संचालनमा आउन लागेको आइतबार पत्रकार सम्मेलन मार्फत बताएको छ ।

क्यापिटलले एक अर्ब २० करोडको फण्डको प्रति ईकाई १० रुपैयाँका दरले १२ करोड ईकाई बिक्रीमा ल्याउन लागेको हो ।यसमा लगानीकर्ताले न्युनतम १०० ईकाईदेखि एक करोड २० लाख ईकाईसम्म आबेदन गर्न सक्नेछन् ।

छिटोमा साउन १६ गते र ढिलोमा भदौ १० गतेभित्र यो स्किममा लगानीका लागि आवेदन दिनुपर्नेछ ।

एनएमबी क्यापिटल मार्केट लिमीटेडबाट प्रवद्र्धन हुने यो फण्ड बन्दमुखी योजना हो । यो फण्डको प्रायोजन एनएमबी बैंकले गरेको छ भने प्रवद्र्धन एनएमबी क्यापिटलले गरेको छ ।

एनएमबी–५० दोस्रो, तेश्रो र चौथो वर्ष १५ प्रतिशतको दरले तथा पाँचौँ, छैटौँ र सातौँ वर्ष २० प्रतिशतका दरले प्रतिफल वितरण गर्न सकिने प्रक्षेपण समेत गरेको छ ।

एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डले घोषणा गरे लाभांश