सिद्धार्थ इक्विटी फन्डले घोषणा गरेको लाभांशका लागि तोक्यो बुक क्लोज

0
Shares

सिद्धार्थ इक्विटी फन्डले नगद लाभांश (प्रतिफल) वितरण गर्न बुक क्लोज मिति तय गरेको छ । फन्डले घोषणा गरेको ११ प्रतिशत नगद लाभांश वितरण गर्न भदौ १ गते बुक क्लोज गर्ने भएको छ ।

साउन ३२ गते शनिबार सम्म कायम रहने सेयरधनीले मात्र लाभांश दाबी गर्न पाउनेछन् । तर शुक्रबार र शनिबार सेयर बजार बन्द हुने भएकाले यो लाभांश सुरक्षित गर्न साउन ३० गते बिहीबार सम्ममा इकाइधनी बनिसक्नुपर्नेछ ।

सिद्धार्थ इक्विटी फन्डले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट कर सहित ११ प्रतिशत नगद दिने घोषणा गरेको हो । फन्डले नगद लाभांश वितरणमा १६ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ ।

असार मसान्तमा यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ३ पैसाले घटेर ११ रुपैयाँ २४ पैसामा आएको छ । फन्डको योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल रहेको छ ।