आजदेखि सवारीसाधानको कुम्भ मेला ‘नाडा अटो शो’, सवारीसाधन किन्नेलाई अफरै अफर

0
Shares

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा आजदेखि भृकुण्टीमण्डपमा सवारी साधनहरुको कुम्भ मेला ‘नाडा अटो शो २०१९’ सुरु हुँदैछ ।सवारीसाधनको बिक्री–वितरणलाई सहज बनाउने उद्देश्यले आयोजित यो मेला भदौ १५ गतेसम्म चल्नेछ । 

६ दिनसम्म संचालन हुने सवारीसाधनहरुको सबैभन्दा ठूलो मेला तथा प्रदर्शनीमा विश्वका चर्चित सवारीसाधन कम्पनीहरुले सहभागीता जनाउने भएका हुन् । अटो शोमा दुई पाङ्ग्रे र चारपाङ्ग्रे बाहेक १२ ब्रान्डका लुब्रिकेट, ९ ब्रान्डका टायर, ५ वटा ब्रान्डका ब्याट्री , १४ वटा पार्टपुर्जा एवं ग्यारेज उपकरणका कम्पनी तथा १३ वित्तीय संस्थाको सहभागिता रहने छ । प्रदर्शनीमा ठूला तथा साना गरि १६० वटा ब्लक राखिने छन ।

नाडा अटो शोमा सवारी साधन वाहेक लुब्रिकेन्ट,टायर,एसेसरिज र बैंक तथा वित्तिय संस्था गरेर १ सय ६० वटा स्टल रहनेछ। जहाँ ९५ ब्राण्डका सवारी साधन प्रदर्शन र बिक्री वितरण गरिने छ । २३ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्राण्डका दुई पाङ्ग्रे, १२ वटा ब्राडका लुब्रिकेन्ट, ९ वटा ब्रान्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा ब्राण्डका पार्टपूर्जा एवम् ग्यारेज उपकरण तथा १३ वटा वित्तीय संस्थहरुको स्टल रहने छ ।

प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत रहने छन् ।

यस संकरणको मुख्य प्रायोजक शीर्ष सर्भो क्लास लुब्रिकेन्ट्स रहेको छ । नाडाले अटो शोमा गाडीका नयाँ मोडलहरु सार्वजनिक गरिने तथा खरिदकर्ताहरुलाई विभिन्न छुट दिनेछ । ७५ हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ ।