ह्याकरले एटिएमबाट पैसा झिके पनि निक्षेपकर्ताको पैसा लुटिएको छैन : राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले ह्याकहरुले एटिएम कार्डबाट पैसा लुटेको विषयलाई लिएर चिन्तित नहुन निक्षेपकर्तालाई आग्रह गरेको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले पैसा लुट्ने ह्याकर पक्राउ परिसकेकाल एक रुपैयाँ पनि तलमाथि नहुने भन्दै कुनै पनि निक्षेपकर्ता आत्तिनुनपर्ने अवस्था नरहेको बताएका छन् ।

बैंकहरुको कमजोर सुरक्षा प्रणालीका कारण बैंकको प्रणाली ह्याक भएको र यसबारेमा अनुसन्धान भैरहेको उनले बताए । ह्याकरले एटिएमको पैसा झिके पनि व्याक्तिगत खाताबाट भने पैसा ननिकालिएको उनको भनाई छ ।

चिनिया ह्याकरले पीन नम्बर चोरी गरेर र नक्कली कार्ड बनाएर काठमाण्डौका विभिन्न एटीएम बुथबाट १ करोड रुपैयाँ भन्दा धेरै पैसा चोरी गरेका थिए ।
एक दर्जन भन्दा बढी बैंकको एटिएम मेसिन नचलेपछि नेपाल राष्ट्र बैंक र नेपाल इलेक्टोनिक पेमेन्स सिस्टम (नेप्स) लिमिटेड बीच समस्याको विषयमा छलफल भइरहेको छ।

राष्ट्र बैंकले सम्बन्धित बैंक बाहेक अर्को बैंकमा एटिएमको प्रयोग नगर्न आग्रह गरेको छ । यसअघि प्रहरीले एटिएम ह्याक गरी पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।