सनराइज बैंकमा लागू भयो आरटिजीएस प्रणाली

0
Shares

सनराइज बैंकले भदौ २६ गते बिहीबारबाट रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली लागू गरेको छ । अब बैंकका ग्राहकहरुले नियम अनुसार आरटिजीएस सुविधा उपभोग गर्न सक्नेछन्।

बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्काे बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्नेछन्। यो प्रणाली मार्फत तत्काल नै एक बैंकको खाताबाट अर्को बैंकको खातामा पैसा भुत्तानी लिन र दिन सकिन्छ । यो प्रणालीले ठूला कारोबार गर्ने ग्राहकहरुको कारोबार तत्काल सेटलमेन्ट गर्न सहज हुनेछ ।

सनराइज बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच भदौ २२ गते आइतबार आरटिजीएस प्रणाली सञ्चालन सम्बन्धि सम्झौता भएको थियो। सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बाहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले हस्ताक्षर गरेका थिए।

राष्ट्र बैंकले क वर्गका बैंकहरुलाई भदौ २४ गते मंगलबारदेखि आरटीजीएस प्रणाली लागू गर्न निर्देशन दिएको थियो।