सिटिजन्स लाइफले ७५ करोडको आईपीओ पारित गर्न डाक्यो साधारण सभा

0
Shares

सिटिजन्स लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने मुख्य प्रस्ताव सहित दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले असोज २९ गते बुधबार, होटेल हिमालय कुपण्डोलमा साधारण सभा गर्ने भएको हो ।

कम्पनीले साधारण सभाबाट ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आइपिओ जारी गर्ने प्रस्ताव पारित गराउने छ ।

हाल सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ। आइपिओ पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

साथै सञ्चालक समितिको रिक्त एक पदको निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ। त्यस्तै बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक तोक्ने लगायतका प्रस्ताव पनि पेश हुनेछन् ।