आशा लघुवित्तको स्वतन्त्र सञ्चालक बने देवेन्द्र लाल श्रेष्ठ

0
Shares

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा देवेन्द्र लाल श्रेष्ठ चयन भएका छन् ।लघुवित्त कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको ६७ औं बैठकले उक्त निर्णय गरेको हो।

लघुवित्तको सञ्चालक समिति अध्यक्षमा निर्गुण प्रसाद भट्टचन, तथा अन्य सञ्चालकहरुमा प्रदिप कुमार खड्का, हेमन्त पौडेल, सुश्री सुसन शेरचन छन्।

प्रकाशित मिति: ११ असाेज २०७६, शनिबार  १६ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।