जीवन बीमा कम्पनीले पनि सामुहिक लगानी कोष सञ्चालन गर्ने

0
Shares

नेपाल धितोपत्र बोर्डले जीवन बीमा कम्पनी र विशेष ऐन द्वारा स्थापित वित्तीय सस्थाले समेत सामूहिक लगानी कोष स्थापना गर्न सक्ने भएका छन् ।

धितोपत्र बोर्डले सामुहिक लगानी कोष नियमावली २०६७ संशोधन गरेर बाणिज्य बैंकले मात्र सञ्चालन गर्न सक्ने सामुहिक लगानी कोष बीमा कम्पनी तथा अन्य संगठीत संस्थाले पनि पाउने व्यवस्था गरेको हो । 

हाल एक अर्ब चुक्ता पुँजी भएको वित्तीय संस्थाले मात्र सामुहिक लगानी कोष सञ्चालन गर्न पाउने व्यवस्थालाइ सांशोधन गरी विकास बैंक , फाइनान्स कम्पनी, जीवन बीमा तथा विषेश ऐन द्धारा स्थापीत संस्थाले पनि सामुहकि लगानी कोष सञ्चालन गर्न सक्ने व्यवस्था गरेको हो ।

बोर्डले नियमावलीमा धितोपत्रको विकास र विस्तारको लागि वाणिज्य बैंकको अतिरिक्त जीवन वीमा कम्पनी र विशेष ऐन द्वारा स्थापित वित्तीय सस्थाले समेत सामूहिक लगानी कोष स्थापना गर्न सक्ने व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी नियमावलीलाइ संशोधन गरेर खुलामुखी योजना संचालनमा कोष प्रवद्र्घक तथा योजना व्यवस्थापकले आफ्नो शाखा सञ्जाल वा बैंक तथा वित्तीय संस्था मार्फत खुलामुखी योजना बिक्री तथा पुनर्खरिदको प्रवन्ध मिलाउने व्यवस्थाको समेत गर्न लागेको जनाएको छ ।

बोर्डले नियमावली संशोधन प्रस्तावमा योजना व्यवस्थापक संस्थाले संस्थागत जोखिम व्यवस्थापन गर्न तथा वित्तीय सवलता कायम राख्न एक जगेडा कोष खडा गरी बार्षिक रुपमा संस्थाको मुनाफाबाट निश्चित प्रतिशत रकम छट्याउनु पर्ने व्यवस्था समेत समावेस गरेको छ ।

त्यसैगरी सर्वसाधारण लगानीकर्तालाई खुलामूखी योजनामा आकर्षित गर्न लागत न्यूनिकरण गर्नुपर्ने र कोष सुपरीवेक्षक, योजना व्यवस्थापन तथा डिपोजिटरीले बोर्डलाई बुझाउनुपर्ने सेवा शुल्क ५ प्रतिशतबाट घटाइ ३ प्रतिशत गरिएको लगायतका व्यवस्था गर्न पश्स्ताव गरेको बोर्डले जनाएको छ ।