टेलिकमले घटायो इन्टरनेट लिज लाइनको महशुल


नेपाल टेलिकमले २०७६ कात्तिक १ गते देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ ।

न्यूनतम ५१२ केबीपीएस देखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ । यसअघि १ देखि १० एमबीपीएस ब्याण्डविथ रेन्जको महसुल दर प्रति एमबीपीएस ४ हजार २ सय रुपैयाँ रहेकोमा अब २ देखि २० एमबीपीएसको व्याण्डविथ रेन्जको महसुल दर प्रति एमबीपीएस २ हजार ५ सय रुपैयाँ कायम गरिएको टेलिकमले जनाएको छ ।

पहिले ११ देखि १०० एमबीपीएस व्याण्डविथ रेन्जको प्रति एमबीपीएस ४ हजार रुपैयाँमालाई २१ देखि ५० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रति एमबीपीएस २ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । त्यसै गरी ५१ देखि १०० एमबीपीएस रेन्जको प्रति एमबीपीएस २ हजार १ सय रुपैयाँमा उपलब्ध गराइने बताइएको छ । पहिले १०० एमबीपीएस भन्दा माथिका लागि प्रति एमबीपीएस ३ हजार ८ सय रुपैयाँ महसुल दर तोकिएकोमा अब यो प्रति एमबीपीएस १ हजार ९ सय रुपैयाँमा उपलब्ध हुनेछ ।