आरम्भ माइक्रोफाइनान्सको लाभांस संसोधन


आरम्भ माइक्रोफाइनान्सको लाभांश पारिमार्जन भएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तको लाभांसमा संसोधन भएको हो ।
लघुवित्तले राष्ट्र बैंकको निर्देशन अुनसार हाल कायम चुक्ता पूँजी ६ करोड रुपैयाँको ७।३८ प्रतिशतले हुन आउने ४४ लाख २८ हजार रुपैयाँ बराबरको बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । यस अघि माइक्रोफाइनान्सले ८ प्रतिशत बोनस प्रस्ताव गरेको थियो ।
कर प्रयोजनका लागि यस अघि प्रस्ताव गरिएको ०.४२ प्रतिशत नगद लाभांस पनि संसोधन भएर ०.३८८ प्रतिशत कायम भएको छ
६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस शेयर पश्चात चुक्ता पूँजी ६ करोड ४४ लाख रुपैयाँ पुग्नेछ ।