सामुहिक लगानी कोषहरुको प्रतिइकाई खुद मूल्यमा गिरावट, वाणिज्य बैंक र लघुवित्तको शेयरमा धेरै लगानी


बिहीबार वित्तीय विबरण सार्वजनिक गरेका ४ मध्ये ३ वटा सामुहिक लगानी कोषको खुद मूल्यमा गिरावट आएको छ ।

एनआईबिएल एस क्यापिटलले सञ्चालन गरेका ३ वटा तथा ग्लोबल आईएमई क्यापिटलको एउटा गरी ४ वटाको विबरणमा यस्तो देखिएको हो ।

४ वटै सामुहिक लगानी कोषहरुले वाणिज्य बैंक र लघुवित्त कम्पनीहरुको शेयरमा धेरै लगानी गरेको देखिन्छ ।

भदौ मसान्तको तुलनामा असोज मसान्तमा एनआईबिएल सहभागिता फण्डको प्रतिइकाई खुद मूल्य ९ रुपैंया ८८ पैसाबाट ४ पैसाले बढेर ९ रुपैंया ९२ पैसा पुगेको छ । बाँकी ३ वटाको खुद मूल्य भने घटेको छ ।

एनआईबिएल प्रगति फण्डको प्रतिइकाई खुदमूल्य ७ रुपैंया ६७ पैसाबाट ७ रुपैंया ६३ पैसामा झरेको छ । त्यसै गरी एनआईबिएल समृद्धि फण्ड १ को प्रतिइकाई खुद मूल्य भदौमा १० रुपैंया ९ पैसा रहेकोमा असोजमा ९ रुपैंया ४४ पैसामा झरेको छ ।

ग्लोबल आईएमई समुन्नत योजना १ को प्रतिइकाई खुदमूल्य ८ रुपैंया १४ पैसाबाट ८ रुपैंया ७ पैसामा झरेको छ ।

एनआईबिएल सहभागिताले भदौसम्ममा सूचीकृत शेयरमा ३ करोड ७६ लाख ४५ हजार रुपैंया लगानी गरेकोमा असोज मसान्तमा बढाएर ४ करोड ६१ लाख रुपैंया पुर्याएको छ ।

एनआईबिएल प्रगति फण्डले भदौसम्ममा सूचीकृत शेयरमा ५२ करोड ५१ लाख रुपैंया लगानी गरेकोमा असोज मसान्तमा लगानी घटाएर ५१ करोड ८७ लाख रुपैंया कायम गरेको छ ।

एनआईबिएल समृद्धि फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा ६८ करोड ९९ लाख रुपैंया लगानी गरेकोमा असोजमा घटेर ६७ लाख ८५ हजार रुपैंया बनाएको छ ।

ग्लोबल आईएमई समुन्नत योजना १ ले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा ७४ करोड ६४ लाख रुपैंया लगानी गरेकोमा असोज मसान्तसम्ममा ७४ करोड ३४ लाख रुपैंया मात्र लगानी गरेको छ ।

एनआईबिएल सहभागिता फण्डले ११ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक, एउटा फाइनान्स कम्पनी, २ वटा जीवन बीमा कम्पनी, ३ वटा निर्जीवन बीमा कम्पनी, ७ वटा लघुवित्त र ५ वटा सामुहिक लगानी कोषहरुमा लगानी गरेको छ ।

एनआईबिएल प्रगति फण्डले २२ वटा वाणिज्य बैंक, २३ वटा लघुवित्त, ६ वटा विकास बैंक, एउटा होटल ९ वटा जलविद्युत कम्पनी, ८ वटा निर्जीवन बीमा कम्पनी, ४ वटा जीवन बीमा कम्पनी र ६ वटा सामुहिक लगानी कोषमा लगानी गरेको छ ।

एनआईबिएल समृद्धि फण्ड १ ले २४ वटा वाणिज्य बैंकमा लगानी गरेको छ भने २८ वटा लघुवित्त कम्पनीको शेयरमा पनि लगानी छ । त्यसै गरी ९ वटा विकास बैंक, एउटा होटल, एउटा फाइनान्स, ९ वटा जलविद्युत कम्पनी, ९ वटा निर्जीवन बीमा कम्पनी, ४ वटा जीवन बीमा कम्पनी ३ वटा समुहिक लगानी कोष र २ वटा अन्य कम्पनीका शेयरमा लगानी गरेको छ ।

ग्लोबल आईएमई समुन्नत योजना १ ले २२ वटा वाणिज्य बैंकको शेयरमा लगानी गरेको छ । त्यसै गरी २ वटा वाणिज्य बैंकको संस्थापक शेयरमा समेत लगानी गरेको योजनाले एउटा बैंकको अग्राधिकार शेयरमा समेत लगानी गरेको छ । १३ वटा विकास बैंक, ३३ वटा लघुवित्त, ५ वटा फाइनान्स, ११ वटा जलविद्युत कम्पनी, ६ वटा जीवन बीमा कम्पनी र १० वटा निर्जीवन बीमा कम्पनीको शेयरमा लगानी गरेको योजनाले ८ वटा सामुहिक लगानी कोष र अन्य समुहका २ कम्पनीको शेयरमा लगानी गरेको छ ।